Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर थपिए २,०७१ जना कोरोना संक्रमित, १५५२ निको भए, थप २२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १२ हजार ४२७ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १५५२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ७०.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । ति मध्ये १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १७ हजार ६६६ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ६१३ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्