Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११४५ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्