Logo
|
Saturday 27th April 2024
Logo

epaper

सप्तरीका प्रदेश सभा सदस्य यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, सप्तरी । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गर्नुभएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । अहिले उहाँको अवस्था समान्य रहेको छ ।

प्रदेशसभा सदस्य यादवसहित रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित  ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् ।

यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४०१ जना पुगेको स्वास्थ्य कार्यालयले दिएको जानकारी दिएको छ । ति मध्ये १ हजार ११२ जना संक्रमण मुक्त भइसकेका छन । हालसम्म जिल्लामा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्