Logo
|
Thursday 28th March 2024
Logo

epaper

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–२ का ८९ वर्षीय पुरुषको आइतबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

उच्च रक्तचापको बिमारीसमेत रहेका उहाँलाई २३ असोजमा कोभिड अस्पताल भर्ना गरिएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुने  संक्रमितको संख्या ५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्