देशभर थपिए ४,०४७ जना कोरोना संक्रमित, १४७३ निको भए, थप ९ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १४ हजार ४३० जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १४७३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ६९.१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । ति मध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १९ हजार ९५७ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ८३१ जना क्वारेन्टीनमा रहेका छन ।