काठमाडौँ उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना पुष्टि
जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जना थपिएका हुन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।