Logo
|
Saturday 27th April 2024
Logo

epaper

महोत्तरी भङ्गाहा नगरपालिकाका प्रमुख साहलाई कोरोना सङ्क्रमण



जनस्वास्थ्य सरोकार, महोत्तरी । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । केहिदिन देखि ज्वरो आउने, जिउ, हात कटकटी दुख्ने जस्ता लक्षण देखिएपछि उहाँले सोमबार पीसीआर टेष्ट गराउनुभएको थियो ।

नगरप्रमुख साहले भन्नुभयो- ‘सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएको थिएँँ, रिपोर्ट पोजेटिभ  आयो ।’ अहिले उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहले जनकारी दिनुभयो ।

यसअघि भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित हुनुभएको थियो । उहाँ अहिले महतो सङ्क्रमणमुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्