Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप २ हजार १२९ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १७४६ जना, भक्तपुरमा १६७ जना र ललितपुरमा २१६ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको  छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्