Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो,  १० लाख ९० हजार ८११ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ८३ लाख नाघेको छ । बुधबार बिहान ११ बजे सम्म विश्वभरीमा ३ करोड ८३ लाख ६३ हजार ७०५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने  १० लाख ९० हजार ८११ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड ८८ लाख ५० हजार २३५ व्यक्ति कोरोना मुक्त भएका छन् ।हाल विश्वभरमा ८४ लाख २२ हजार ६५९ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६९ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८० लाख ९० हजार २५३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २० हजार ८७३ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७२ लाख ३९ हजार ३८९ जना सङ्क्रमित भएका छन् भने १ लाख १० हजार ६१७ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५१ लाख १४ हजार ८२३ जना सङ्क्रमित भएका छन् भने एक लाख ५१ हजार ६३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्