Logo
|
Tuesday 24th November 2020
NEWS PAPER

काठमाडौँ उपत्यकामा आज १४०३ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्