Logo
|
Friday 26th April 2024
Logo

epaper

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ८७ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ८७ लाख नाघेको छ । बिहिबार बिहान ११ः४५ बजे सम्म विश्वभरीमा ३ करोड ८७ लाख ४७ हजार८७९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने  १० लाख ९६ हजार ८८९ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड ९१ लाख २८ हजार ५५३ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वभरमा ८५ लाख २२ हजार ३९७ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७० हजार ४१० जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८१ लाख ५० हजार ४३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २१ हजार ८४३ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७३ लाख ७ हजार ९७ जना सङ्क्रमित भएका छन् भने १ लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५१ लाख ४१ हजार ४९८ जना सङ्क्रमित भएका छन् भने एक लाख ५१ हजार ७७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्