Logo
|
Tuesday 16th April 2024
Logo

epaper

भक्तपुर अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपी विधिबाट पित्तथैलीको सफल शल्यक्रिया

अब २० हजार रुपियाँमै शल्यक्रिया हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुर अस्पताललमा पहिलोपटक दूरबिर प्रविधि (ल्याप्रोस्कोपी) बाट पित्तथैलीको सफल शल्यक्रिया भएको छ । बुधबार स्थानिय एक युवाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं. १९६१ सालमा १५ शैय्याको चन्द्रलोक डिस्पेन्सरी नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक ल्याप्रोस्कोपी प्रविधि भित्र्याएर शल्यत्र्mिया सेवा सुरु गरेको हो ।

अस्पतालका सर्जन डा. रञ्जिस पहाडीको नेतृत्वमा डा. मनिष मल्लिक, डा. विनय चौधरी, एनेस्थेसियन डा. निर्मल श्रेष्ठ, डा. दिपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजु, मित्रमाया तामाङ सहितको टोलीले दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरेको सुपरिटेन्डेन्ट डा. गौतमले बताउनुभयो ।

‘निजी अस्पतालले ६० हजार रुपिया देखि १ लाखसम्म शुल्क लिदैँ आएको पित्तथैलीको शल्यक्रिया भत्तपुर अस्पतालले अब २० हजारमै गर्ने छ ।’ उहाँले भन्नुभयो– ‘पहिलो शल्यक्रिया स्वास्थ्यबिमासंग जोडिएकाले जम्मा ९ हजार रुपियाँमै सम्पन्न भयो ।’

बीर अस्पताल र त्रिबि शिक्षण अस्पतालमा शल्यक्रियाको प्रतिक्षा गरेबसिरहेका बिरामीलाई भक्तपुर अस्पताल पढाइदिए सहज र सुलभरुपमै शल्यक्रिया गर्न सकिने उहाँको भनाई छ ।

उपचारमा संलग्न सर्जन डा. रञ्जिस पहाडी भन्नुहुन्छ– ‘चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने र काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुन्छ ।’

उहाँका अनुुसार ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्