Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १ हजार ९३५ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १६९२ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना थपिएका हुन ।

 नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्