Logo
|
Sunday 22nd December 2024
Logo

epaper

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था भने सामान्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार आएको पीसीआर परीक्षण रिपोर्टमा कोभिड – १९ पोजेटिभ थापाका स्वकीय सचिव दामोदर वाग्लेले जनकारी दिनुभयो ।

सचिव वाग्ले भनाई अनुसार  थापा सहित उहाँका परिवारका सात जना सदस्यमा समेत सङ्क्रमण देखिएको छ । ‘उहाँलाई सामान्य लक्षण देखिएको छ । यद्धपी स्वास्थ्य अवस्था भने सामान्य छ ।’- सचिव वाग्लेले भन्नुभयो ।

अध्यक्ष थापालाई सामान्य टाउको दुखेपछि बुधबार पीसीआरका लागि नमूना दिनुभएको थियो । तर उहाँकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्