Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट विश्वभर ११ लाख बढीले ज्यान गुमाए



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ११ लाख बढीले ज्यान गुमाएका छन् । वोर्ल्डोमिटरले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमणबाट ११ लाख २ सय ९ सय बढीको मृत्यु भएको छ ।

यस्तै, विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ४ करोड पुग्न लागेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ३ सय ६० छ ।

संक्रमण देखिएकामध्ये ११ लाख बढीको ज्यान गएको छ भने २ करोड ९३ लाख बढी संक्रमण मुक्त भएका छन् । विश्वभर हाल ८६ लाख ८८ हजार बढी सक्रिय संक्रमित रहेका जनाइएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख २२ हजार ७ सय नाघेको छ ।

अमेरिकामा हालसम्म ८२ लाख १६ हजार ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्येका ५३ लाख २० हजार संक्रमण मुक्त भएका छन् ।

अमेरिका पछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार नाघेको छ । कोरोनाका कारण भारतमा १ लाख १२ हजार बढीको मृत्यु भइसकेको छ ।

यस्तै, ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ ।

ब्राजिल पछि रसिया (रुस)मा कोरोना संक्रमितको संख्या १३ लाख ५४ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट २३ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्