Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्यमा सुधार आएपछि नेकपाका वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पुर्वस्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत असोज २८ गते स्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उहाँ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

नेता खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हुँदा चिकित्सकको सल्लाह बमोजिम आवश्यक औषधि खानेगरी आज दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्