Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर थपिए ४,३९२ जना कोरोना संक्रमित, ३५२२ निको भए, थप २१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १६ हजार ५३१ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १२ लाख ५४ हजार ६३६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३५२२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ७०.८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । ति मध्ये १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २५ हजार ४६ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ८०८ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्