Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण




जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । ति मध्ये १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २५ हजार ४६ जना होम आइसोलेसनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्