Logo
|
Saturday 20th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक, ११ लाख १४ हजार भन्दा बढिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ९९ लाख नाघेको छ । आइतबार  बिहान ११ः४५ बजे सम्म विश्वभरीमा ३ करोड ९९ लाख ५९ हजार ३३६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने ११ लाख १४ हजार ६३३ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ ।

सङ्क्रमितमध्ये हालसम्म दुई करोड ९८ लाख ९० हजार ६० जना कोरोना मुक्त भएका छन् । हाल विश्वभरमा ८९ लाख ५४ हजार ६४३ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७१ हजार ९२६ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार २४२ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७४ लाख ९४ हजार ५९१ जना सङ्क्रमित भएका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख २४ हजार ३६२ जना सङ्क्रमित भएका छन् भने एक लाख ५३ हजार ६९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्