Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्