Logo
|
Thursday 25th April 2024
Logo

epaper

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमित पुरुषको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका २० का ७८ वर्षीय पुरुषको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज बिहान ३ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज १९ गते अस्पताल भर्ना भएका उनमा एक दिन अघि कोभिड १९ पुष्टि भएको थियो।

उपचारकै क्रममा कार्तिक १ गते परीक्षण गर्दा परिणाम पोजेटिभ नै देखाएको थियो। उनको शवको व्यवस्थापन नियमअनुसार हुँदैछ।

यस अस्पतालमा अहिलेसम्म कोभिड १९ संक्रमणबाट ६३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्