Logo
|
Friday 29th March 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो, ३ करोड ११ लाख निको भए, ११ लाख १८ हजार बढिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड २ लाख नाघेको छ । सोमबार बिहान ११ बजे सम्म विश्वभरीमा ४ करोड २ लाख ८१ हजार ७४१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने ११ लाख १८ हजार ३२८ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ११ लाख ६ हजार ६७६ जना कोरोना मुक्त भएका छन् । हाल विश्वभरमा ९० लाख ८६ हजार ७३७ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७१ हजार ९९५ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार ७३० पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ७५ लाख ५० हजार २७३ जना सङ्क्रमित भएका छन् भने १ लाख १४ हजार ६४२ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ जना सङ्क्रमित भएका छन् भने एक लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्