Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चार चिकित्सकमा कोरोना पुष्टि भएपछि प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ ।

चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ । सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्