Logo
|
Friday 19th April 2024
Logo

epaper

अबदेखि सार्वजनिक यातायात चढ्नेले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अबदेखि सार्वजनिक यातायातमा यात्रा गर्ने सबैले मास्कसँगै अनिवार्य फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै फेस सिल्डको प्रयोग अनिवार्य गरेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।

विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

‘अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको  विकल्प नै छैन ।’  विभागका सूचना अधिकारी डा. भुसाल भन्नुहुन्छ- ‘मापदण्डको पालना भए/नभएको हामीले  अनुगमन गरिरहेका छौँ ।’

सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो । सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्