Logo
|
Friday 19th April 2024
Logo

epaper

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोराना संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेट जाँदा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती महिलालाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा. गौतमका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्