Logo
|
Thursday 26th November 2020
NEWS PAPER

देशभर थपिए ३०९३ जना कोरोना संक्रमित, २१०८ निको भए, ८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १५ हजार ७१४ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १३ लाख १४ हजार ७४९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २१०८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ६९.४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । ति मध्ये १३ हजार ५६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २८ हजार १९७ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार २२० जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्