Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा आज १७०२ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्