Logo
|
Saturday 16th January 2021
E-paper Magazine

नेपालमा एकैदिन ५७४३ जनामा कोरोना संक्रमण पुष्टि, थप २६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट २० हजार ११८ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १३ लाख ३४ हजार ९७ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २९९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ६८.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ । ति मध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २९ हजार ८०० जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ६२ जना क्वारेन्टीनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्