Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेपालमा एकैदिन ३६३७ मा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज ३२१५ जना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभर रहेका ६२ वटा भन्दा बढी ल्यावबाट १५ हजार २५५ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १३ लाख ३४ हजार ९७ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप ३२१५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ६८.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । ति मध्ये १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ३१ हजार ५३८ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ३ हजार ७५१ जना क्वारेन्टीनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्