Logo
|
Monday 23rd November 2020
NEWS PAPER

काठमाडौँ उपत्यकामा थप १५ सय ५२ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२८३ जना, भक्तपुरमा १५७ जना र ललितपुरमा ११२ जना थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्