Logo
|
Friday 29th March 2024
Logo

epaper

मुलुकमा संक्रमित हुने भन्दा निको हुने संख्या अत्यधिक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकमा २४ घण्टाको समयमा शनिबार मात्र संक्रमित हुनेहरुको तुलनामा कोरोना निको भएर डिस्चार्ज हुनेहरुको संख्या अत्यधिक छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

शनिबार थप २८४६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ८३ हजार ३४ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ५७ रहेको छ । ति मध्ये ४६ हजार ५७ जना आइसोलेसनमा रहेका छन् । हाल देशभर ३ हजार ३२२ जना क्वारेन्टीनमा रहेका छन् ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वितेको २४ घण्टामा देशभर रहेका ६२ वटा भन्दा बढी ल्यावबाट १३ हजार ८४६ जनाको पीसीआर जाँच गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्