Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्वभर कोभिड-१९ संक्रमितको संख्या ४ करोड ४७ लाख नाघ्यो 



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ४७ लाख नाघेको छ । बिहिबार मध्यान्न १२ बजे सम्म विश्वभरीमा ४ करोड ४७ लाख ७४ हजार ९३५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन भने ११ लाख ७९ हजार २३२ जनाको मृत्यु भएको वल्डोमीटरले जनाएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड २७ लाख २७ हजार ७२१ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ८ लाख ६७ हजार ९८२ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८१ हजार २७९ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या ९१ लाख २० हजार ७५१ पुगेको छ । हालसम्म कोभिड १९ संक्रमणबाट यहाँ ज्यान गुमाउनेको संख्या २ लाख २२ हजार १३० पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८० लाख ४० हजार २३० जना सङ्क्रमित भएका छन भने १ लाख २० हजार ५६३ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५४ लाख ६९ हजार ७५५ जना सङ्क्रमित भएका छन भने एक लाख ५८ हजार ४६८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्