Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सञ्चारकर्मी लामिछानेले फेसबूक स्टाटस मार्फत कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

गएको मंगलबार रातिदेखि ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा दुबैजनालाई कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । अहिले उहाँहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उहाँले स्ट्याटसमा लेख्नुभएको छ-‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’

 

प्रतिक्रिया दिनुहोस्