Logo
|
Sunday 13th June 2021
E-paper Magazine

देशभर थपिए २३६४ जना कोरोना संक्रमित, ३०६८ निको भए, १७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट ९ हजार ७६९ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३०६८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ७५.८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । हाल देशभर २ हजार ६८९ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्