Logo
|
Tuesday 25th February 2025
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १८० जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्