Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साँढे ४ करोड नाघ्यो



 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साँढे ४ करोड नाघेको छ । शुक्रबार विहान ११ः२० बजे सम्म विश्वभरीमा ४ करोड ५३ लाख ४७ हजार ५५० जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमीटरले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख ८६ हजार ३८८ पुगेको छ ।

सङ्क्रमितमध्ये ३ करोड २९ लाख ९५ हजार ८२० जना कोरोना संक्रमण मुक्त भइसकेका छन । हाल विश्वभरमा १ करोड ११ लाख ६५ हजार ३४२ जना संक्रमितहरुको उपचार भइरहेको छ । ति सङ्क्रमितमध्ये ८२ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा सङ्क्रमितको कुल संख्या ९२ लाख १२ हजार ७६७ पुगेको वल्डोमिटरले जनाएको छ । यहाँ  कोभिड १९ संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १७७ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८० लाख ८८ हजार ८५१ जना सङ्क्रमित भएका छन भने १ लाख २१ हजार १३१ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित भएका छन भने १ लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्