Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर ३५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १४ हजार ९८९ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ४०९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हाल देशभर २ हजार ६६६ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्