Logo
|
Friday 29th March 2024
Logo

epaper

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत हुनुहुन्छ । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्