Logo
|
Friday 19th April 2024
Logo

epaper

यो साता बिदेशमा ९६० जना नेपालीलाई कोरोना सङ्क्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यो साता बिदेशमा ९६० जना नेपालीहरुलाई कोरोना सङ्क्रमण देखिएको छ । रोमानियमा ४५० सहित पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा गरि ९६० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको उहाँको भनाई छ ।

उहाँका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । हालसम्म्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट न्यान गुमाइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्