Logo
|
Saturday 27th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ६३ लाख नाघेको छ । आइतबार मध्यान्न १२ बजे सम्म विश्वभरीमा ४ करोड ६३ लाख ९४ हजार १३५ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ४०३ पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८७ हजार ६६७ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड १७ लाख ६ हजार ६५ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८४ हजार २५५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या ९४ लाख २ हजार ५९० पुगेको वल्डोमिटरले जनाएको छ । यहाँ हालसम्म कोभिड १९ संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ३६ हजार ७२ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८१ लाख ८४ हजार ८२ जना सङ्क्रमित भएका छन भने १ लाख २२ हजार १४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५५ लाख ३५ हजार ६०५ जना सङ्क्रमित भएका छन भने १ लाख ५९ हजार ९०२ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्