Logo
|
Tuesday 25th February 2025
Logo

epaper

गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय नाघेको छ। आइतबार थप २५२ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ७ हजार ५६८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार आइतबार कास्कीमा १५८ जना, नवलपरासी पूर्वका ३१, तनहुँका २५, बागलुङका ४, पर्वत ३, स्याङ्जा ७, म्याग्दी २, गोरखा ११ र लमजुङ ११ जना संक्रमित थपिएका छन ।

त्यस्तै कोरोना संक्रमणबाट कास्कीमा थप एक जनको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका–३ का ४७ वर्षीय पुरुषको गयराति पचिमाञ्चल क्षेत्री अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारकै क्रममा निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्