Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १३ हजार २३ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३६२० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७७.७ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । ति मध्ये संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन । हाल देशभर २ हजार ३८६ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्