Logo
|
Thursday 18th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा आज १६२२ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३६२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १६४ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । ति मध्ये संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन । हाल देशभर २ हजार ३८६ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्