Logo
|
Thursday 26th November 2020
NEWS PAPER

देशभर २९३३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १३ हजार ४८६ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३१५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९२३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७८.२ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । हाल देशभर २ हजार ११९ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्