Logo
|
Friday 26th April 2024
Logo

epaper

शुक्रराज ट्रपिकल अस्पतालले कोरोना संक्रमितसँग धरौटी रकम नलिने घोषणा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार कोभिड-१९ संक्रमित बिरामीसंग अस्पताल भर्ना हुनुअघि धरौटी रकम नलिने भएको छ ।

अस्पतालले सोमबार एक विज्ञप्ति निकाल्दै सबै वार्ड र काउन्टरलाई पत्राचार गरी धरौटी रकम नलिन निर्देशन दिइसकेको जनाएको छ ।  अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउन बञ्चित नगराइएको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको अस्पतालले निशुल्क उपचार गर्ने छ ।  यस्तै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्