Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १६३० जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३२९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १९३ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । हाल देशभर २ हजार ११९ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्