Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ७३ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ७३ लाख नाघेको छ । मंगलबार बिहान ११ः१५ बजे सम्म विश्वभरीमा ४ करोड ७३ लाख २६ हजार ५१५ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ११ हजार ४२१ पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ४० लाख ३५ हजार ८७८ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड २० लाख ७९ हजार ४१६ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८६ हजार ६३८ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या ९५ लाख ६७ हजार ५५४३ पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ३६ हजार ९९७ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन भने १ लाख २३ हजार १३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन भने १ लाख ६० हजार २७२ जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्