Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ललितपुरमा ६ हजार भन्दा बढि कोरोना संक्रमित निको भए, ७९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा ६ हजार भन्दा बढि कोरोना संक्रमित निको भएका छन । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो ।

अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो ।

यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८६१ र मृतकको सङ्ख्या ३५ पुगेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकामा हालसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या पाँच हजार ४४२ पुगेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५४६ पुगेको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८०१ र मृतकको सङ्ख्या छ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो । अहिलेसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या एक हजार १५४ र सक्रिय सङ्क्रमित सङ्ख्या ३४७ पुगिसकेको उहाँको भनाई छ ।

गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४३५ र मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ६३१ र सक्रिय सङ्क्रमित सङ्ख्या १८९ पुगेको नगरपालिकाले जनाएको छ ।

महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नं ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो ।

महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिम सङ्क्रमित एक र कूल कोरोना सङ्क्रमति सङ्ख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिनुभयो ।

कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय सङ्क्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड सङ्क्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्