Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो, थप ३११४ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट ११ हजार १६६ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३१४२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७८.६ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । हाल देशभर १ हजार २७७ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्