Logo
|
Thursday 28th March 2024
Logo

epaper

पूर्वसभामुख महरालाई पत्नी शोक, निमोनिया र कोरोना संक्रमणले सिताको ज्यान लियो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। उहाँको आज विहान ६ः३० बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

महरा पत्नी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँचदिन पहिले दाङबाट हेलिकप्टर चार्टड गरेर काठमाडौं ल्याइएको थियो। दसैँमा पुर्ख्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उहाँमा  निमोनिया र कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षको हुनुहुन्थ्यो । उहाँको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्